थप ५७ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या १७ हजार ५ सय २ पुग्यो

काठमाडौं,
साउन ३ ।

थप ५७ जनामा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा नयाँ ५७ थप सङ्क्रमित पुष्टि भएको जानकारी दिए । योसँगै कूल सङ्क्रमितको सङ्ख्या १७ हजार ५ सय २ पुगेको छ ।

नयाँ सङ्क्रमितमा मोरङका ९, इलाम, झापा, नुवाकोट, बाग्लुङ, पर्वत, सल्यान, बारा र कञ्‍चनपुरका १/१, तेह्रथुम, सर्लाही, गुल्मी, पाल्पा, डडेलधुरा र बझाङका २/२, दैलेखका ५, रुकुम पश्चिमका ३, डोटीका ७ र कैलालीका १३ जना रहेका छन् ।

गौतमका अनुसार बितेको २४ घण्टामा २७ वटा प्रयोगशालाबाट ३ हजार ३ सय ३१ जनाको नमुना परीक्षण भएको छ । हाल २३ हजार २ सय ७५ जना क्वारेन्टिन र ५ हजार ८ सय २५ जना आइसोलेसनमा रहेका छन् ।

यस्तै बितेको २४ घण्टामा थप १ सय ३ जना डिस्चार्ज भएसँगै कूल निको हुनेको सङ्ख्या ११ हजार ६ सय ३७ पुगेको छ । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ४० पुगेको छ ।

यसमा तपाइको मत

अन्य समाचार