पशुपतिनाथको मन्दिर दर्शनार्थीका लागि खुला गर्ने तयारी

काठमाडौं,
साउन ३ ।

कोरोना सङ्क्रमणका कारण लामो समयदेखि दर्शनका लागि बन्द गरिएको पशुपतिनाथको मन्दिर दर्शनार्थीका लागि खुला गर्ने तयारी गरिएको छ । साउन ७ सम्मको बन्दाबन्दी अवधि सकिएलगत्तै मन्दिर खुला गर्ने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

मन्दिर खुला गरिए पनि कोरोना भाइरस (कोभिड–१९)बाट बच्न आवश्यक ठानिएका सबै पालना गर्दै गराउँदै मन्दिर खुला गरिने भएको हो । महादेवको अतिप्रिय महिना र प्रिय सोमबार मानिने यो महिना दर्शनार्थी एक पटक मात्र भए पनि दर्शन गर्न पाऊँ भनेर मन्दिर आसपास आइरहेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार