केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं,
साउन ३ ।

जल तथा मौसम विज्ञान विभागले शनिबारको मौसम पूर्वानुमान जारी गर्दै हाल नेपालभर मनसुनी वायुको प्रभाव रहेको र मनसूनी न्यून चापीय रेखा नेपालको तराई भूभाग देखि केही दक्षिण तिर अवस्थित रहेको जनाएको छ । महाशाखाले हाल देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जारी पूर्वानुमानमा जनाएको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको हुनसक्ने सम्भावना रहेको छ । भने, प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक/दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको र राति देशभर सामान्यदेखी पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाले जनाएको छ ।

गण्डकी प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानहरुमा र प्रदेश १, प्रदेश ५, बागमती प्रदेश, प्रदेश २ का एक/दुई स्थानहरुमा भारी वर्षा हुन सक्ने मौसम विभागको पूर्वानुमानमा उल्लेख छ ।

यसमा तपाइको मत

अन्य समाचार