प्रमिलाको स्वरमा ‘माईतीघर के छ र मेरो…’ (भिडियोसहित)

काठमाडौं,
साउन २ ।

प्रमिला खत्रीको स्वरमा रहेको तीज गीत ‘माईतीघर के छ र मेरो…’ सार्वजनिक भएको छ । प्रमिलाकै शब्द तथा सङ्गीत, शुरेस शाहीको एरेञ्ज र सन्तोष पौडेलको मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

दीपक पन्तको निर्देशन रहेको गीतको भिडियोमा गंगा खत्री, प्रमिला खत्री, अर्जुन खनाल, गणेश कंडेल, मायादेबी खत्री, शुस्मा अधिकारी, अनु पहरीलगायतको अभिनय रहेको छ ।

राम सिंह भाटको छायाँकन रहेको गीतको भिडियोलाई वीरेन्द्र भाट बिपिनले सम्पादन गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार