काठमाडौं,
साउन १ ।
थप १ सय ६७ जनामा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण पुष्टि भएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा नयाँ १ सय ६७ थप सङ्क्रमित पुष्टि भएको जानकारी दिए । योसँगै कूल सङ्क्रमितको सङ्ख्या १७ हजार ३ सय ४४ पुगेको छ ।
नयाँ सङ्क्रमितमा झापाका ४, सुनसरीका ४, उदयपुरका १, इलामका ६, मोरङका ३, ओखलढुङ्गाका १५, धनुषाका २७, पर्साका २, बाराका १, रौतहटका ६, काठमाडौंका १, नवलपरासीपूर्वका १७, रौतहटका ६, मकवानपुरका ६, बागलुङका २, स्याङ्जाका १, रुपन्देहीका १, प्यूठानका १, बाँकेका ८, सुर्खेतका ३, बर्दियाका १, दाङका १, दैलेखका ६, रुकुमपश्चिमका १, सल्यानका २, जजारकोटका २, मुगुका १, डडेलधुराका ८, अछामका ४, कैलालीका १४, कन्चनपुरका १४ र बझाङका १ रहेका छन् ।
गएको २४ घण्टामा २ सय १३ जना डिस्चार्ज भएका छन् । बिहीबारसम्म कोरोना निको भएर घर जानेको सङ्ख्या ११ हजार २ सय ४९ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभरका २७ प्रयोगशालामार्फत ४ हजार ९ सय ८१ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म देशभरमा २३ हजार ५ सय क्वारेन्टिनमा रहेका छन् भने ६ हजार ५६ जना कोरोना सङ्क्रमित आइसोलेसनमा छन् ।
देशभर हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट ३९ जनाको मृत्यु भइसकेको छ ।






