काठमाडौं,
साउन १ ।
जल तथा मौसम विज्ञान विभागले बिहीबारको मौसम पूर्वानुमान जारी गर्दै हाल नेपालभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभागबाट केहि दक्षिण तिर सरेको जनाएको छ । यसैगरी, देशभर आँशिकदेखि सामान्य बदली रही एक/दुई स्थानहरुमा हल्का वर्षा भईरहेको पूर्वानुमानमा उल्लेख छ ।
आज दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका एक/दुई स्थानहरुमा भारी वर्षाको हुनसक्ने पूर्वानुमान उल्लेख गरिएको छ ।
आज राति देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना र प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका एक/दुई स्थानहरुमा भारी वर्षाको हुनसक्ने पूर्वानुमान उल्लेख गरिएको छ ।






