काठमाडौं,
असार ३१ ।
पछिल्लो समय सरकारले लकडाउन केही खुकुलो पारेसँगै तीज गीतहरु सुनिन थालेका छन् । गत वर्षको तुलनामाझैं छ्यापछ्याप्ती नभए पनि अहिले तीज गीतहरुको रेकर्डिङ र सुटिङ भइरहेका छन् ।
विगतका दिनहरुमा तीज गीतको प्रतिस्पर्धा नै हुने गरेको भएपनि कोरोनाका कारण तीज गीतका भिडियो पनि यो वर्ष कमै बनेका छन् । यसै मेसोमा शब्द सुभाष गौतम, बिर्ख धामी र मालिका कार्कीको स्वर समेटिएको ‘यो तीजमा नाच्ने घरैमा…’ तीज गीतको भिडियो निर्माण भएको छ ।
विशाल बिष्ट, प्रभन भुसाल, जरिना थापा, मन्दिरा आचार्य, गिताञ्जली अभिनित भिडियालाई दुर्गा वान्तवाले खिचेका हुन् भने निर्देशन, सम्पादन विशाल बिष्टको रहेको छ । गीतको भिडियो चाडै दर्शकमाझ ल्याउने विशाले जानकारी गराए ।






