थप ८२जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या १६ हजार ८ सय १ पुग्यो

काठमाडौं,
असार २८ ।

थप ८२ जनामा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा नयाँ ८२ थप सङ्क्रमित पुष्टि भएको जानकारी दिए । योसँगै कूल सङ्क्रमितको सङ्ख्या १६ हजार ८ सय १ पुगेको छ ।

नयाँ सङ्क्रमितमा झापाका १, मोरङका २, धनुषाका १९, सर्लाहीका १, काठमाडौंका ५, सिन्धुपाल्चोकका १, ललितपुरका १, सोलुखुम्बुका १, चितवनका ५, मकवापनुरका १, सिन्धुलीका १, बागलुङका २, नवलपरासी पूर्वका १, पर्वतका २, स्याङ्जाका १, तनहुँका ६, गोरखाका १, लमजुङका २, गुल्मीका १, पाल्पाका १, दैलेखका १, रुकुमका, पश्चिमका २, सुर्खेतका ११, कालीकोटका ७, बझाङका १, डडेलधुराका २, कैलालीका २ र दार्चुलाका १ जना रहेका छन् ।

देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ८ हजार १ सय ७४ रहेको छ ।

हालसम्म देशभरबाट ८ हजार ५ सय ८९ जनाको उपचारपछि डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १ सय ४७ कोरोना सङ्क्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

यसमा तपाइको मत

अन्य समाचार