‘नाचौ गाउ रमाउ’ लिएर आउँदै इन्दिरा

काठमाडौं,
असार २७ ।

कोरोना कहरका कारण देशमा भईरहेको लकडाउनका कारण प्राय सबै कामहरु ठप्प स्थितिमा छन् । लकडाउनका कारण नेपाली मनोरञ्जन क्षेत्रमा पनि त्यतिकै प्रतिकुल असर परेको छ । नेपाली महिलाहरुकै महान चाड तीज नजिकिदै गरेको अवस्थामा पहिले भन्दा अहिले धेरै नै कम मात्रामा गीत तथा भिडियोहरु सार्वजनिक भईरहेको अवस्थामा हालै निर्देशक तथा कोरियोग्राफर सुमनकुमार श्रेष्ठले निर्देशन गरेको गायिका ईन्दिरा भट्टराईको स्वर, शब्द तथा सङ्गीतमा रहेको ‘नाचौ गाउ रमाउ’ बोलको तीज गीतको छायाँकन सम्पन्न भएको छ । गीतमा चर्चामा रहेकी मोडल, समाजसेवी नितु कोइरालाको अभिनय तथा नृत्य देख्न पाईन्छ ।

जागरण महिला समाज समुहको आयोजनमा तथा निर्देशक तथा सिनेम्याटोग्राफर राजु के सीको सहयोगमा उक्त भिडियोलाई समपन्न गरिएको हो ।

भिडियोलाई सूर्य महर्जनले छांयाकन गरेका हुन भने अर्कि कोरियोग्राफर सरस्वती लामाले कोरियोग्राफिमा सुमन कुमार श्रेष्ठलाई सघाएकी छन । भिडियोमा प्रिज्मा श्रेष्ठको मेकअप रहेको छ । सम्पादन बिष्णु शर्माको रहेने छ ।

यसमा तपाइको मत

अन्य समाचार