काठमाडौं,
असार २६ ।
जीवन शाहीले निर्देशनमा ‘म त तिमीलाई भुल्ने मान्छे होइन’ गीतको भिडियो सार्वजनिक भएको छ । गायक राम कृष्ण ढकाल र पारु शाहीको स्वरमा रहेको गीत ‘म त तिमीलाई भुल्ने मान्छे होइन’को भिडियो सार्वजनिक भएको हो । अर्जुन अस्तफलको शब्द , बिशाल ढकालको सङ्गीत, पुस्कर सुनुवारको एरेञ्ज रहेको छ ।
गीतको भिडियोमा कमल सिंह, सरस्वती खत्री र जेनिसा लोप्चनको अभिनय रहेको छ । भिडियोलाई नवराज उप्रेतीले छायाँकन गरेका हुन भने नवीन निरौलाले सम्पादन गरेका छन् । भिडियो ओएसआर डिजिटलको अफिसियल सार्वजनिक गरिएको छ ।






