सबै प्रदेशमा वर्षा, सतर्क रहन आग्रह

काठमाडौं,
असार २६ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै हाल मनसुनी न्युन चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको जनाएको छ । महाशाखाले देशभर आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भईरहेको जानकारी दिएको छ । काठमाडौं उपत्यकामा बिहानैदेखि मौसममा बदली आएको छ । हल्का वर्षा भइरहेको छ ।

महाशाखाले शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

यसैगरी, महाशाखाले जारी गरेको पूर्वानुमानमा राति देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र प्रदेश ५, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशको एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार