प्रहरी महानिरीक्षकमा शैलेश थापा

काठमाडौं,
असार २३ ।

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा शैलेश थापा क्षत्री नियुक्त भएका छन् । मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई आईजीपीमा नियुक्त गरेको हो । बरीयतामा पहिलो नम्बरमा रहेका क्षेत्रीलाई मन्त्रिपरिषद् बैठकले आईजीपीमा बढुवा गरेको हो । थापाले बिहीबारदेखि कार्यभार सम्हाल्नेछन् ।

प्रहरी नियमावलीको परिच्छेद ४ को बढुवा सम्बन्धी व्यवस्थाको दफा ४१ अनुसार थापाको बढुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।
थापा हाल मानवस्रोत एवम् प्रशासन विभागका प्रमुखका रुपमा कार्यरत थिए । निवर्तमान आईजीपी ठाकुर ज्ञवालीले असार २४ गतेबाट ३० वर्षे सेवा अवधीका कारण नियमित अवकाश पाउने भएपछि नेपाल प्रहरीमा नयाँ नेतृत्व चयन गरिएको हो ।

यसमा तपाइको मत

अन्य समाचार