‘नमाग मसँग माया…’ भन्दै आए सुवर्ण (भिडियोसहित)

काठमाडौं,
असार २१ ।

गायक तथा सङ्गीतकार सुवर्णकुमार श्रेष्ठको नयाँ गीत ‘नमाग मसँग माया…’ सार्वजनिक भएको छ । सुवर्णकै शब्द रचना रहेको गजल ‘नमाग मसँग माया…’को भिडियो सार्वजनिक भएको हो ।

सार्वजनिक गीतको भिडियो त्रिकोणात्मक प्रेम कथा देखाईएको छ । भिडियोमा गायिका, मोडल तथा सञ्चालकर्मी सरिता भारतीसँगै अभिनेता रमेश चन्द सोडारी र भूपेन्द्रकुमार खड्काले अभिनय गरेका छन् । ब्युटी न्युज नेपालकी समाचार सँयोजक सरिता यो भिडियोमा अभिनेता रमेश प्रेमी प्रेमिकाको भूमिकामा छन् । यी दुईको प्रेममा बाधक बनेर भूपेन्द्र प्रस्तुत भएका छन् । अतिथि भूमिकामा मेकअप आर्टिस्ट बन्दना मग्राती पनि प्रस्तुत भएकी छिन् । भिडियोको मेकअप बन्दनाले गरेकी हुन् ।

यो गीतको भिडियोलाई सञ्चारकर्मी डब्बुु क्षत्रीले निर्देशन गरेका हुन् । आफ्नी श्रीमती तथा प्रेमिकालाई सानो कुरामा शङ्का गर्दा घरनै बर्बाद हुने र सम्बन्ध बिग्रने कथा यो गीतको भिडियोमा प्रस्तुत गरिएको क्षेत्रीले बताए । बियोगान्त शैलीको यो गीतले शङ्काले लङ्का जलाउँछ भन्ने सन्देश दिएको छ ।

भिडियोमा मोहनिस श्रेष्ठको छायाँकन र डब्बु क्षेत्रीकै सम्पादन रहेको छ । भिडियोमा कलाकारहरुको पहिरन काजल क्रियसनकी फेशन डिजाईन काजल शर्माले तयार गरेकी हुन् । गीतको भिडियो बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको हो ।

यसमा तपाइको मत

अन्य समाचार