केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं,
असार २० ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमानका जारी गर्दै देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जनाएको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही सुदुर पश्चिम प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा वर्षा भईरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान उल्लेख गरेको छ । माहाशाखाका अनुसार प्रदेश १, गण्डकी प्रदेश, र प्रदेश ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आज राती देशका सबै प्रदेशहरुमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार