थप ३ सय १६ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या १३ हजार ५ सय ६४ पुग्यो

काठमाडौं,
असार १६ ।

थप ३ सय १६ जनामा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा नयाँ ३ सय १६ थप सङ्क्रमित पुष्टि भएको जानकारी दिए । योसँगै कुल कोरोना सङ्क्रमितको सङ्ख्या १३ हजार ५ सय ६४ पुगेको छ ।

मन्त्रालयका अनुसार नयाँ सङ्क्रमितमा सप्तरीका २५, सिरहाका १०, उदयपुरका २, झापाका ५, सुनसरीका २, संखुवासवाका ३, धनुषाका ३, रौटहटका ७, महोत्तरीका २९, अछामका २७, बाजुराका ५१, काठमाडौंका १२, स्याङ्जाका ४, गुल्मीका १, सिन्धुपाल्चोकका २, गोरखाका १, सर्लाहीका ८, भक्तपुरका १, बागलुङका १, डडेलधुराका ३, ललितपुरका १, अछामका १, बैतडीका ४, डोटीका १५, म्याग्दीका १, कास्कीका ९, लमजुङका ३, तनहुँका ६, अर्घाखाँचीका ७, पाल्पाका १८, सल्यानका २, दाङका २१, रुकुम पश्चिमका ८, बाँकेका १, दैलेखका ३, डोटी १५ र कैलालीका ५ जना रहेका छन् ।

कोरोना सङ्क्रमणलाई जितेर पछिल्लो २४ घण्टामा ६० डिस्चार्ज भएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट १, आइसोलेसन सेन्टर पिपरा कोहलपुरबाट १ जना, अल्पाइन नर्सिङ सर्लाहीबाट १५, साईकृष्ण आइसोलेसन सप्तरीबाट १५, गण्डक अस्पताल पर्साबाट २, जलेश्वर अस्पतालबाट महोत्तरीका ४, कोसी अस्पतालबाट झापाका ६, मोरङका ५, पाँचथरका १, सुनसरीका २ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट मोरङका ८ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको सङ्ख्या ३ हजार १ सय ९४ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २ लाख २८ हजार ३ सय ४१ परीक्षणहरु गरिएका छन् र २४ घन्टामा जम्मा ४ हजार ७ सय ११ परीक्षण भएका छन् । यस्तै हालसम्म आरडीटी विधिबाट २ लाख ९७ हजार ८ सय ७१ नमुना परीक्षण भएका छन् ।

हालसम्म क्‍वारेन्टाइनमा रहनेको सङ्ख्या ५३ हजार ७० र आइसोलेसनमा रहनेको सङ्ख्या १० हजार ३ सय ४१ जना रहेको छ ।
कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ ।

यसमा तपाइको मत

अन्य समाचार