काठमाडौं,
असार १५ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमाबारको मौसम पूर्वानुमान जारी गर्दै हाल देशभर मनसुनी (दक्षिण-पश्चिमी दिशाबाट बहेको अरेबियन सागरबाट प्रवाहित शाखाको) वायुको प्रभाव रहेको र मनसुन न्यून चापीय रेखा नेपाल नजिक रहेको जनाएको छ । महाशाखाले हाल देशमा सामान्यदेखि पूर्ण बदली रहेको र देशभर केही स्थानहरुमा वर्षा भईरहेको जानएको ।
आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान उल्लेख छ । यस्तै, प्रदेश १, प्रदेश २, प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाकका अनुसार आज राति देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।






