भोलिदेखि खुल्दै शेयर बजार

काठमाडौं,
असार १४ ।

लामो समयदेखि बन्द रहेको शेयर बजार असार १५ गते सोमबारदेखि खुल्ने भएको छ । धितोपत्र बजारको नियमित कारोवार सोमबार (भोलि)देखि पुनः सुरु हुने भएको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डको आज बसेको सञ्चालक बोर्डको बैठकअनुसार सोमबारदेखि धितोपत्रको दोस्रो बजार कारोवार सुरु गर्न लागिएको हो ।

धितोपत्र बोर्डका अनुसार बजारमा संलग्न हुने लगानीकर्ता, ब्रोकर, नेप्से, सिडिएसी, मर्चेन्ट बैंकरले यसअघि जारी गरिएको कोभिड- १९ सुरक्षाका उपाय पालना गरी कारोबार गर्नुपर्नेछ ।

यस्तै अर्को व्यवस्था नहुँदासम्म ब्रोकर लगानीकर्ताका लागि भिडभाड हुने श्रव्यदृश्य कक्षसमेत सञ्चालन गर्न पाउने छैनन् । लगानीकर्ताले हालसम्म गरिएका व्यवस्था बमोजिम नै घरबाटै कारोबार गर्नसक्ने व्यवस्था गरिएको हुँदा ब्रोकरसँग सम्पर्क गरी सकेसम्म घरैमा बसी कारोवार गर्न प्रोत्साहित गरिएको बोर्डले जनाएको छ ।

लकडाउनकै बीचमा केही समय पहिले बजार सञ्चालनमा ल्याएको भए पनि पुनः बन्द गरिएको थियो । बजारलाई नियमितरुपमा सञ्चालनमा ल्याउने लक्ष्यका साथ आज दोस्रो बजार सञ्चालनमा ल्याउने निर्णय गरिएको बोर्डले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार