‘कहिले बन्छ देश ?’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
असार १३ ।

गायन रियालिटी सो ‘लोक स्टार’ का गायक रामकुमार नेपालीको स्वरमा रहेको गीत ‘कहिले बन्छ देश ?’ सार्वजनिक भएको छ । मनोज केसी ‘समय’को शब्द, राजेश बर्देवाको सङ्गीत, विनोद बाजुरालीको एरेञ्ज रहेको गीत ‘कहिले बन्छ देश ?’को भिडियो सार्वजनिक भएको हो ।

डी आर सुजनको निर्देशन रहेको गीतको भिडियोमा गायक रामकुमार र श्रेया गौतमको अभिनय रहेको छ । रक कौशलले छायाँकन गरेको गीतको भिडियोलाई दीपक बिष्टले सम्पादन गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार