‘ढुङ्गा मुढा’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
असार ११ ।

प्रताप दासको स्वरमा रहेको गीत ‘ढुङ्गा मुढा’ सार्वजनिक भएको छ । विमला हुमागाईंको शब्द, मनोज राईको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

https://www.youtube.com/watch?v=sOvw3bT7a9o&feature=emb_logo

आदित्य बुढाथोकीले निर्देशन गरेको गीतको भिडियोमा श्रीमान श्रीमतीमा हुने मनमुटाव र त्यसले ल्याउने पारिवारिक विचलनबारे वर्णन गरिएको छ । गीतको भिडियोमा दृश्य सुवेदी, रविना कार्की, विमला र अंकित मल्लको अभिनय रहेको छ । मुकेश हुमगाईंको छायाँकन रहेको भिडियोलाई प्रकाश एसकेले सम्पादन गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार