१६ गतेसम्म बैतडीको दशरथचन्द नगरपालिका क्षेत्र सिल

बैतडी,
असार १० ।

बैतडीको दशरथचन्द नगरपालिका क्षेत्र आजदेखि सिल गरिने भएको छ । नगरपालिकामा कोरोना सङ्क्रमित बढ्दै जान थालेपछि नगरपालिकालाई सिल गर्न लागिएको जानकारी दिएको हो ।

लकडाउन खुकुलो भएको अवस्थामा नगरक्षेत्रमा भिडभाड बढेर सङ्क्रमणको जोखिम बढेको भन्दै आजदेखि असार १६ गतेसम्मका लागि नगरपालिका सिल गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले सूचना जारी गर्दै अत्यावश्यक सेवाबाहेक अन्य सेवाहरु सबै बन्द हुने जनाईएको छ । सामाजिक दुरी कायम गर्दै औषधि पसल खोल्न पाइने, जन्ती र ब्रतबन्धका १५ जनासम्म सम्मिलित हुन पाउने, एम्बुलेन्स र अत्यावश्यक सवारी साधन चलाउन पाइने सूचनामा उल्लेख गरिएकोे छ ।

यस्तै नगरपालिकाभित्रका बैङ्क तथा बित्तिय संस्थाहरुलाई हप्ताको ३ दिन आइतबार, मंगलबार र बिहीबार खोल्न सकिने जनाईएको छ । दशरथचन्द नगरपालिकामा हालसम्म २९ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।

बैतडीका ९ स्थानीयमा कोरोना फैलिएको छ । जिल्लाका ९ वटै स्थानीय तहमा गरेर हालसम्म १ सय ७२ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।

यसमा तपाइको मत

अन्य समाचार