देशका अधिकांश ठाउँमा बर्षा हुने

काठमाडौं,
असार ९ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाकाले मंगलबारको मौसम पूर्वानुमान जारी गर्दै नेपालभरी नै मनसुनी वायुको प्रभाव रहेको जानकारी दिएको छ । महाशाखाकाले देशका अधिकांश ठाउँमा बर्षा हुने जनाएको छ ।

महाशाखाका अनुसार मंगलबार बिहान पनि देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ । अहिले विशेषगरी पूर्वी तराई तथा सुदूरपश्चिमका केही स्थानमा वर्षा भइरहेको छ ।

महाशाखाले मंगलबार बिहान प्रकाशन गरेको मौसमी बुलेटिनअनुसार दिउँसो प्रदेश १, २, बागमती, गण्डकी, ५ नम्बर र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । यसैगरी राति पनि सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । साथै प्रदेश १, २, गण्डकी र प्रदेश नम्बर ५ का एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

महाशाखाले देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनाका साथै प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ । तसर्थ ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ ।

यस्तै बाढी पूर्वानुमान महाशाखाले पछिल्लो ३ घण्टामा इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, कैलाली कञ्चनपुर र आसपास क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेकाले कन्काईलगायत झापा, मोरङ, सुनसरी भई बहने साना नदीमा बाढी आउने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार