वैवाहिक अङ्गीकृत नागरिकता ७ बर्षपछि दिने प्रस्ताव बहुमतले पारित

काठमाडौं,
असार ७ ।

नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई लगातार ७ वर्ष नेपालमा बसेपछि मात्रै अङ्गीकृत नागरिकता दिने गरी नागरिकता ऐनमा संशोधन गर्ने प्रस्ताव प्रतिनिधि सभाको राज्यव्यवस्था समितिबाट पारित भएको छ । राज्य ब्यवस्था तथा सुशासन समितिको बैठकले विदेशी बुहारीलाई ७ बर्षपछि मात्रै अङ्गीकृत नागरिकता दिने प्रस्ताव बहुमतले पारित गरेको हो । आइतबार समितिको हलमा बसेको बैठकमा सर्वसहमति नभएपछि बहुमतबाट पारित भएको छ ।

आजको बैठकमा सो विधेयकमाथि नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले फरक मत दर्ता गरेका छन् । उनीहरुले पहिलेदेखि नै नागरिकता सम्बन्धी ऐन २०६३ अनुसार नै वैवाहिक अंगिकृत नागरिकता दिनुपर्ने बताउँदै आएका थिए । विदेशी नागरिकता त्यागेपछि नेपालमा तुरुन्तै नागरिकता दिने विषयमा नेकपाका सांसदहरुले भने विरोध गर्दै आएका थिए ।

पारित भएको नागरिकता सम्बन्धी विधेयक अब प्रतिनिधि सभाको पूर्ण बैठकमा पेश हुनेछ । झन्डै २ वर्षदेखि संसदीय समितिमा विचाराधिन नागरिकता सम्बन्धी बिधयेक प्रतिनिधिसभामा पेश हुँदैछ ।

यसमा तपाइको मत

अन्य समाचार