थप ४ सय २६ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या ८ हजार २ सय ७४ पुग्यो

काठमाडौं,
असार ५ ।

थप ४ सय २६ जनामा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण पुष्टि भएको छ । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा नयाँ ४ सय २६ थप सङ्क्रमित पुष्टि भएको जानकारी दिए । नयाँ सङ्क्रमितमध्ये ३ सय ३८ पुरुष र ८८ महिला रहेका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या ८ हजार २ सय ७४ पुगेको छ ।

थपिएका नयाँ सङ्क्रमितमा संक्रमितमा गुल्मीका ९४, बैतडीका ६३, कैलालीका ४९, बागलुङका ३२, सिन्धुपाल्चोकका २१, कञ्चनपुरका २०, डोटीका १५, गोरखाका ११, सर्लाहीका ११, झापाका १, मोरङका ३, सप्तरीका ४, अछामका ६, बझाङका ३, बाजुराका ८, डडेलधुराका ९, धादिङका १, कास्कीका २, काठमाडौंका ३, मकवानपुरका ८, म्याग्दीका १, नवलपरासी पूर्वका ४, तनहुँका १९, पर्वतका ५, उदयपुरका २, सिन्धुलीका १, चितवनका १, बैतडीका ५, स्याङ्जाका ३, कास्कीका ६, अर्घाखाँचीका ६, कपिलवस्तुका ४, नवलपरासी पश्चिमका २ र रुपन्देही २ रहेका छन् ।

प्रवक्ता डा. गौतमले गएको २४ घन्टामा २ सय १६ जना डिस्चार्ज भएको जनाए । २२ जनाको कोरोनाका कारण मृत्यु भएको छ । सङ्क्रमित जिल्लाको सङ्ख्या ७४ पुगेको छ ।

पछिल्लो २४ घन्टामा ४ हजार २ सय ३१ गरी शुक्रबारसम्म पीसीआर विधिबाट १ लाख ६१ हजार ७ सय ४९ जनाको परीक्षण भएको प्रवक्ता डा. गौतमले बताए । यस्तै आरडीटी विधिबाट सोही अवधिमा ४ हजार ३ सय ९९ गरी शुक्रबारसम्म २ लाख ४७ हजार ८ सय ७४ जनाको परीक्षण भएको छ ।

शुक्रबार मुलुकका विभिन्न स्थानमा निर्माण भएका क्वारेन्टाइनमा १ लाख ९ हजार ४ सय ६१ जना रहेका छन् भने ६ हजार ८ सय ५० जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत छन् ।

 

यसमा तपाइको मत

अन्य समाचार