अर्घाखाँची,
असार ३ ।
भारतबाट आएर क्वारेन्टिनमा बसेका एक व्यक्तिले आत्महत्या गरेका छन् । अर्घाखाँचीको शितगंगा नगरपालिका-५ मा रहेको हरि माविमा रहेको क्वारेन्टिनमा बसेका ४३ वर्षीय पुरुषले आत्महत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका अनुसार उनी २४ दिनदेखि क्वारेन्टिनमा बस्दै आएका थिए । उलने बुधवार बिहानपख झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
विहान ३ बजेतिर उनले आत्महत्या गरेका हुन् । आत्महत्याअघि उनले आफूसँगै रहेका दुईजनालाई समेत उठाएर शौचालय गएका थिए । शौचालयबाट फर्केपछि अन्य दुई जना सुते उनी फेरि फर्केर बाहिर गइ आत्महत्या गरे ।
गत जेठ १० गते भारतबाट आएर क्वारेन्टिन बस्दै आएका उनको आरडिटी परिक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएको भए पनि पिसिआर रिपोर्ट भने आएको छैन । जेठ २६ गते पिसिआर परीक्षणको लागि स्वाब सङ्कलन गरी भैरहवा लगिएको थियो तर रिपोर्ट अझै आएको छैन ।






