जनकपुर,
असार १ ।
प्रदेश २ सरकारले अगामी आर्थिक वर्षका लागि ३३ अर्ब ५६ करोड ९ लाख ९६ हजार रुपैयाँ विनियोजन गरेको छ । प्रदेश सभामा सोमबार आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले प्रस्तुत गरेको बजेटमा चालूतर्फ १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार (४५.९५) प्रतिशत र पुँजीतर्फ १७ अर्ब ९८ करोड ८२ लाख (५३.६७) प्रतिशत बजेट विनियोजन गरिएको उल्लेख छ ।
यस्तो छ बजेटको पूर्ण पाठः-






