काठमाडौं,
असार १ ।
ओमानबाट १ सय ६६ नेपाली काठमाडौं आइपुगका छन् । सोमबार १ सय ६६ यात्रु लिएर सलाम एयर काठमाडौं अवतरण गरेको नेपाल उड्ययन प्राधिकरणले जनाएको छ । कोरोना भाइरस (कोभिड-१९)का कारण ओमानमा अप्ठ्यारोमा परेका यात्रुलाई नेपाल ल्याइएको हो ।
उनीहरुलाई ल्याउन नेपाल सरकार सरकारले पहल गरे पनि ओमान सरकारले आफ्नै खर्चमा नेपाल पठाएको हो । सरकारले यसअघि विभिन्न देशमा अलपत्र परेका कामदार नेपाल ल्याएको थियो । ओमानबाट नेपाल फर्किन चाहने नेपालीहरुको सङ्ख्या करिब ६ सय रहेको छ । ओमानबाट अर्को उडान बिहीबार हुने बताइएको छ ।






