जारी प्रदर्शन स्थगन गर्न साझाको अपिल

काठमाडौं,
जेठ ३१ ।

साझा पार्टीले सरकारविरुद्ध जारी प्रदर्शन स्थगन गर्न आम नागरिकलाई अपील गरेको छ । साझा पार्टीका सहप्रवक्ता शरदराज पाठकले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै आज संसदबाट नेपालको नयाँ नक्सासहितको निसान छापका लागि संविधान संशोधन गर्न लागिएको ऐतिहासिक दिनमा सम्पूर्ण देशवासी एक ढिक्का रहेको सन्देश अन्तर्राष्ट्रिय जगतमा प्रवाह गर्न आह्वान गरिएको छ ।

जारी प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘साझा पार्टी सम्पूर्ण नेपालीहरूलाई नयाँ नक्सा राख्ने गरी निसान छाप संसोधन गर्ने संसदको ऐतिहासिक निर्णयलाई स्वागत गर्दै राष्ट्रियताको सवालमा संसदभित्र र बाहिरका दलसहित सम्पूर्ण देशवासी एक ढिक्का रहेको सन्देश अन्तर्राष्ट्रिय जगतमा प्रवाह गर्न हार्दिक आह्वान गर्दछ ।’

सरकारले स्वतस्फूर्त प्रदर्शनमा उत्रिएकाहरुले राखेका जायज माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको भन्दै साझा पार्टीले स्वागत गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार