‘जङ्गे पिल्लर’ लिएर आए ज्योति प्रकाश (भिडियोसहित)

काठमाडौं,
जेठ २२ ।

सङ्गीतकार ज्योति प्रकाशको नयाँ गीत ‘जङ्गे पिल्लर…’ सार्बजनिक भएको छ । राष्ट्रिय भाव रहेको यस गीतका रचनाकार तथा सङ्गीतकार ज्योतिप्रकाश हुन् भने गीतमा स्वयम् ज्योतिप्रकाश, सरोज कोईराला, जीना रसाईली र मीना एन. पी.ले स्वर दिएका छन् ।

राजु कार्कीको सङ्गीत संयोजन तथा सन्तोष पौडेलको मिक्सिङ तथा माष्टरिङ रहेको गीतमा सबै नेपाली एकजुट भएर आफ्नो सीमा रक्षामा जुटन आह्वान गरिएको छ ।

सर्जक स्वयमको युट्युब च्यानल ज्योतिप्रकाशबाट सार्वजनिक गरिएको गीतको भिडियो जङ्गे पिल्लर ढल्यो, सीमा मिच्ने दुस्मनलाई सिकाउ सबक भनिएको छ ।

कुशल गीतकार तथा सङ्गीतकार ज्योति प्रकाशको पहिचान चित्रकारितामा पनि त्यतिकै अग्लो रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार