पाल्पाका ४५ वर्षीय पुरुषको कोरोनाले मृत्यु, मृतकको सङ्ख्या १०

काठमाडौं,
जेठ २२ ।

जेठ २० गते मृत्यु भएका एक जनामा कोरोनाभाइरस (कोभिड-१८)को सङ्क्रमण पुष्टि भएको छ । पाल्पाको पूर्वखोलाका ४५ वर्षीय पुरुषमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो ।

उनको २० गते मिसन अस्पताल पाल्पामा मृत्यु भएकोमा सङ्कलित स्वाब परीक्षणका लागि पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

उनी भारतबाट आएर क्वरेन्टाइनमा बसेका थिए भने स्वास्थ्यमा समस्या भएपछि अस्पतालमा भर्ना भएकोमा मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १० पुगेको छ ।

यसअघि कोरोना सङ्क्रमणबाट सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक, अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक र दोलखाको एक गरी १० जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

अन्य समाचार