थप २ सय १ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या २ हजार ३ सय

काठमाडौं,
जेठ २१ ।

थप २ सय १ जनामा कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार ३ सय पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबारको नियमित मिडिया ब्रिफिङमा पछिल्लो २४ घण्टामा थप २ सय १ जनामा कोरोना सङ्क्रमण भएको जानकारी दिएका हुन ।

मन्त्रालयका अनुसार कोशी अञ्चल अस्पतालमा गरिएको परीक्षण धनकुटाको सहिदभूमिका एकजना पुरुषमा सङ्क्रमण देखिएको छ । बीपी प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीको त्रिभुजको एकजनामा पुष्टि भएको छ । त्यसैगरी ताप्लेजुङका ३ जना पुरुषमा पनि सङ्क्रमण देखिएको छ । झापाका झापाका १ जना, पाँचथरका एकजनामा पनि सङ्क्रमण देखिएको छ । सुनसरीको भोक्राहाका ७ जनामा कोरोना पुष्टि भएको छ । उनीहरु सबै क्वारेन्टाइनमा छन् ।

नारायणी अस्पताल पर्सामा गरिएको परीक्षणमा पर्साकै ७ जना सङ्क्रमित भेटिएका छन् । सुर्खेतमा गरिएको परीक्षणमा ३ जना सङ्क्रमित भेटिएका छन् । कोशी अस्पतालमा गरिएको परीक्षणमा ५ जना सङ्क्रमित भेटिएका छन् । झापाको कमल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १ जना, तेह्रथुम आठराईका १ जना, सुनसरीको बराहक्षेत्रको क्वारेन्टाइनमा रहेका १ जनामा सङ्क्रमण देखिएको छ ।

यस्तै सेती अस्पताल धनगढीमा ५ जा पोजेटिभ भेटिएका छन् । जसमा कैलालीको गौरीगंगा र धनगढीका रहेका छन् । डोटीका पनि दुईजना पुरुषहरु सङ्क्रमित रहेका छन् । उनीहरु २२ र २५ वर्षीय रहेका छन् ।

रुपन्देहीमा गरिएको परीक्षणमा ९५ जना सङ्क्रमित भेटिएका छन् । कपिलवस्तुको मायादेवी र शुद्धोदनका ६७ जना रहेका छन् । जसमा ११ देखि ३७ वर्षीयसम्म रहेका छन् । उनीहरुमा १० जना महिला रहेका छन् । १ वर्षीय बालकदेखि ८० वर्षीयसम्मका छन् । रुपन्देहीमै पाल्पाका २ जना सङ्क्रमित भेटिएका छन् । रुपन्देहीको रोहिणी र मर्चवारका २६ जनामा पनि सङ्क्रमण भेटिएको छ ।

प्रवक्ता डा. देवकोटाका अनुसार थप १२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना निको भएर घर फर्किएको सङ्ख्या २ सय ७८ पुगेको छ ।

कोरोनाभाइरस सङ्क्रमणबाट दोलखाका एक ७६ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएको प्रवक्ता डा. देवकोटाले जानकारी दिए । यससँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ ।

यसमा तपाइको मत

अन्य समाचार