काठमाडौं,
जेठ २१ ।
पूर्वमन्त्री एवम् राप्रपा नेता दीपक बोहराले लकडाउनका बेला जेठ २५ भित्र कर तिर्नुपर्ने सरकारी सूचनालाई अमानवीय र गैरजिम्मेवारी भएको बताएका छन । नेता बोहराले सरकारको उक्त सूचनालाई बाध्यात्मक र धम्कीपूर्ण भनेका छन ।
नेता बोहरा भन्छन- ‘लकडाउनका कारण व्यवसाय ७२ दिनदेखि ठप्प छ । तर, सरकारले जेठ २५ भित्र कर तिर्न बाध्यात्मक र धम्कीपूर्ण सूचना दिएको छ । सरकारको कदम अमानवीय, गैरजिम्मेवार र व्यबसायको हित विपरीत छ । लकडाउनबाट शिथिल अर्थतन्त्रमा सुधार गर्न, रोजगारी सिर्जना गर्न सरकार व्यबसायी मैत्री हुनैपर्छ- सच्याऔ ।’
यसअघि अर्थमन्त्रालयले बुधबार नै एक सूचना प्रकाशित गर्दै जेठ २५ भित्र कर तिर्न र नतिरे जरिवाना लाग्ने सूचना सार्वजनिक गरेको थियो ।






