बलिउडका लोकप्रिय सङ्गीतकार वाजिद खानको निधन

काठमाडौं,
जेठ १९ ।

बलिउडका लोकप्रिय सङ्गीतकार वाजिद खानको निधन भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार मिर्गौलामा सङ्क्रमण भएर सोमबार बिहान उनको मृत्यु भएको हो ।

४२ वर्षीय वाजिद पछिल्लो ४ दिनदेखि मुम्बईको एउटा अस्पतालमा भेन्टिलेटरमा थिए ।

वाजिदले सन् २००८ बाट व्यावसायिक गायन थालनी गरेका थिए । उनका ‘हुड हुड दबंग…’, ‘जल्वा…’, ‘फेभिकोल से…’ जस्ता धेरै गीत चर्चित छन् ।

यसमा तपाइको मत

अन्य समाचार