काठमाडौं,
जेठ १८ ।
कलाकार जयनन्द चन्द ठकुरीको ९१ वर्षको उमेरमा आइतबार बिहान निधन भएको छ । लामो समयदेखि पक्षघातबाट पीडित चन्दको निधन ललितपुरस्थित एकान्तकुनामा भएको हो । उहाँ मधुमेह र रक्तचापका बिरामी पनि हुनुहथ्यो ।
चलचित्र ‘जीवन रेखा’बाट अभिनय यात्रा शुरु गरेको उहाँले ‘विश्वास’, ‘भाग्यरेखा’, ‘फेरि भेटौंला’, ‘मायालु’लगायतका झन्डै सय बढी फिल्ममा अभिनय गर्नुभएको छ ।
उहाँले अभिनय गरेको पछिल्लो चलचित्र ‘भागी भागी नहिँड’ थियो । उहाँले ‘पञ्चओटी’ नामक भारतीय फिल्म र एक पाकिस्तानी चलचित्रमा पनि अभिनय गर्नुभएको छ ।






