देशका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं,
जेठ १८ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसम पूर्वानुमान जारी गर्दै हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको उल्लेख गरेको छ । यसका साथै, नेपालको पुर्वी भू-भाग नजिकै निम्न चापीय रेखा रहेको भने स्थानीय वायुको पनि प्रभाव रहेको जनाएको छ । यसैगरी, महाशाखाले हाल देशभरी नै सामान्य बदली भइरहेको र केही स्थानमा हल्का वर्षा भइरहेको जानकारी दिएको छ ।

आज (आइतबार) दिउँसो देशका धेरै स्थानमा सामान्य बदली हुने पूर्वानुमानमा उल्लेख छ । देशका केही स्थानहरुमा भने मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानमा उल्लेख छ ।

यस्तै आज राति पूर्वी, मध्य र पश्चिमी पहाडी भू-भागमा सामान्य बदलीको सम्भावना रहेको छ । भने अन्य क्षेत्रहरुमा आंशिक बदली हुने सम्भावना रहेको छ । पूर्वी भू-भागका केही स्थानलगायत मध्य तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार