थप १ सय १४ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या ८ सय ८६ पुग्यो

काठमाडौं,
जेठ १४ ।

थप १ सय १४ जनामा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण पुष्टि भएको छ । बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो जानकारी दिएका हुन् ।

योसँगै जम्मा सङ्क्रमित हुनेको सङ्ख्या ८ सय ८६ पुगेको छ भने सङ्क्रमितहुने जिल्लाको सङ्ख्या ४७ पुगेको छ । जसमा ६ सय ९६ पुरुष र ९० जना महिला रहेको छन् ।

पछिल्लो २४ घण्टामा २८ जना डिस्चार्ज भएका छन् । जसमा नारायणी अस्पतालबाट २१ जना र कोशी अस्पतालबाट ३ र सुशिल कोइराला प्रखर अस्पतालबाट ४ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना निको हुने सङ्ख्या १ सय ८३ जना पुगेको छ । अहिलेसम्म नेपालमा कोरोनाकै कारण चार जनाको मृत्यु भइसकेको छ ।

यसमा तपाइको मत

अन्य समाचार