पहाडी भू-भागका केही स्थानमा हावाहुरीसहित पानी पर्ने सम्भावना

काठमाडौं,
जेठ १४ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबारको मौसम पूर्वानुमान जारी गर्दै देशको केही स्थानको मौसममा बदली भई मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार आज देशको पहाडी भुभागका केही स्थानको मौसममा बदली भई पानी पर्ने जनाइएको छ ।

आज दिउँसोपछि देशको पूर्वी तथा मध्य पहाड र पश्चिमी पहाडका स्थानमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको जनाइएको छ । त्यस्तै आज राति पनि देशको पूर्वी तथा मध्य साथै पश्चिमका केही स्थानमा बदली भई मेघगर्जन, चट्याङ, हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार