काठमाडौं,
जेठ १२ ।
कोरोनालाई जितेर घर फर्किनेको सङ्ख्या १ सय ५ पुगेको छ । आइतबार राति वीरगन्जस्थित नारायणी अस्पतालबाट एकै परिवारका १८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोनालाई जितेर घर फर्किनेको सङ्ख्या १ सय ५ पुगेको छ ।
आइतबार राति वीरगन्जस्थित नारायणी अस्पतालबाट डिस्चार्ज हुनेमा ४ महिने शिशुदेखि लिएर ६२ वर्षकी वृद्ध महिलासम्म छन् । डिस्चार्ज हुनेमा ७ महिला र ११ पुरुष रहेको अस्प्तालले जनाएको छ ।
शनिबार पनि नारायणी अस्पतालको आइसोलेसन वार्डबाट पर्सा, बारा र रौतहटका ९ जना कोभिड १९ का बिरामी निको भएर डिस्चार्ज भएका थिए ।






