काठमाडौं,
जेठ ११ ।
थप १९ जनामा कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमण पुष्टि भएको छ । आज मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, काठमाडौ, कपिलबस्तु, गुल्मी र नुवाकोटका गरी १९ जनामा कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले सङ्क्रमित हुनेमा मोरङका एकजना, बाराका एकजना, पर्साका तीनजना, रौटहटका एकजना, सर्लाहीका एकजना, रुपन्देहीका तीनजना, काठमाडौंका एकजना, नुवाकोटका एकजना, रुपन्देहीका तीनजना, कपिलवस्तुका तीनजना र गुल्मीका एकजनामा सङ्क्रमण देखिएको बताए ।
उनले हालसम्म कोरोना सङ्क्रमण ४२ जिल्लामा फैलिएको बताए । आइतबार पहिलोपटक नुवाकोटमा सङ्क्रमण देखिएको छ ।
हालसम्म ८७ जनाले कोरोना जितेका छन् । यस्तै ३ जनाको मृत्यु भएको छ।






