कोरोना भाइरस (कोभिड-१९ )बाट सङ्क्रमित हुनेको सङ्ख्या ५ सय ४८

काठमाडौं,
जेठ १० ।

नेपालमा कोरोना भाइरस (कोभिड-१९ )बाट सङ्क्रमित हुनेको सङ्ख्या ५ सय ४८ पुगेको छ । शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल, कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२ जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ५ सय ४८ पुगेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा कपिलवस्तुमा ८ जना, सर्लाहीमा १३ जना र काठमाडौको ३५ वर्षीय पुरुषमा कोरोना भाइरस पोजिटिभ देखिएको हो ।

टेकुमा गरिएको परीक्षणमा कपिलवस्तु वाणगंगा नगरपालिकाका १७, १९, २२, २९, ३५, ४०, ४२ वर्षीय पुरुष र २७ वर्षीय महिलामा, सर्लाही जिल्लाको गोडैता, कविलासी नगरपालिकाका १८, २०, २०, २०, २१, २२, २३, २६, २६, २८, ३३, ३५, ३५ वर्षीय पुरुष र बारा करैयामाइ गाउँपालिकाकी ३७ वर्षीया महिलामा कोरोना पोजिटिभ देखिएको हो ।

त्यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परीक्षणमा ८ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार रुपन्देही जिल्लाको गैडहवा र रोहिणी गाउँपालिकाका २०, २०, २४, २४, २७, ३०, ३० र ५५ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको हो ।

यसैगरी भरतपुर अस्पताल कोभिड –१९ प्रयोगशाला, भरतपुरमा गरिएको परीक्षणमा ५२ वर्षीय एक जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । हालसम्म ७० जना सङ्क्रमित निको भएर घर फर्किएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

अन्य समाचार