दाङ,
जेठ ७ ।
राष्ट्रिय चलचित्र पत्रकारीता दिवस २०७७ तथा चलचित्र पत्रकार सङ्घकोे वार्षिकोत्सबको अबसरमा चलचित्र पत्रकार सङ्घ नेपाल दाङ शाखाले बुधबार (आज) रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) का कारण विश्वका प्राय सबै देशहरु प्रभावित भएका छन् । नेपाल पनि केही दिन यता तीव्र गतिमा कोरोनाका सङ्क्रमितहरु देखिन थालेका छन् र गत चैत ११ गतेदेखि नेपाल लकडाउनमा छ । लकडाउन भएसँगै दाङमा रगतको अभाव हुँदै गएको छ । त्यसैलाई मध्येनजर गर्दै चलचित्र पत्रकार सङ्घ नेपाल दाङ शाखाले रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
लकडाउनकै कारण सङ्घले हरेक वर्षको वार्षिकोत्सब तथा पत्रकारिता दिवसमा वितरण गर्दै आएको पुरस्कार र सम्मानको औपचारिक कार्यक्रमलाई स्थगित राख्दै यो वर्ष दाङ शाखाले सामाजिक दुरी कायम राख्दै रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष शिब पुनले जानकारी दिए ।
कार्यक्रममा त्रीशिद्धेश्वरी राप्ती यातायात प्रा.लि. का अध्यक्ष एवम् समाजसेबी सुरेश हमाल, चलचित्र पत्रकार सङ्घ दाङका पदाधिकारी, सदस्य, विभिन्न मिडियामा आवद्ध पत्रकार, व्यवसायी र जिल्लामा क्रियाशिल सामाजिक संस्था दाह्री ग्याङका सदस्य सहित १८ जनाले रक्तदान गरेका थिए ।
सङ्घले आयोजना गरेको रक्तदान कार्यक्रममा सङ्घका सल्लाहकार शरद रेग्मी, त्रीशिद्धेश्वरी राप्ती यातायात प्रा.लि. का अध्यक्ष सुरेश हमाल, रासस राप्ती प्रमुख नारायणी रजौरे, तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का वडा सदस्य सुरेश श्रेष्ठ, चलचित्र पत्रकार सङ्घ दाङका संस्थापक उपाध्यक्ष चेतन रेग्मीलगायतको पनि सहभागीता रहेको थियोे ।
आजको रक्तदान कार्यक्रममा भुपेश वली, राजेश खत्री, सुरेश हमाल, चेतन रेग्मी, अन्जना चौधरी, राजेन्द्र महतरा, निर्मल खड्का, एच आर मगर, झग्गु भण्डारी, शान्ति जि एम, प्रबेश भुसाल, विनायक रेग्मी, प्रकाश डागी, बिकाश कुसारी मगर, प्रबिन रिजान, सुमन रिजाल, बिबेक वली, ढुण्डीराज वलीलगायतको सहभागीता रहेको थियो ।






