डिसहोम च्यानलमा दोस्रो हप्तामा ‘कोपिला’

काठमाडौं,
जेठ ६ ।

चलचित्र ‘कोपिला’ले डिसहोम च्यानलमा प्रर्दशनको दोस्रो हप्ता प्रबेश गरेको छ । चलचित्रले दर्शकहरुको राम्रो साथ पाईरहेको बताइएको छ । चलचित्रले मंगलबारदेखी दोस्रो हप्ता प्रबेश गरेको हो । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा निर्माण गरिएको चलचित्रलाई डिसहोम च्यानल मार्फत प्रर्दशनमा ल्याईएको थियो ।

चलचित्रलाई दर्शकहरुले रुचाईएको पाईएको छ । चलचित्रलाई डिसहोम च्यानल नम्बर १०८ बाट रिलिज गरीएको हो । गत बैशाख ३० गते मंगलबारदेखी दैनिक ८ शो प्रदर्शनहुँदैै आएको कोपिलाले दर्शकहरुको प्रतिक्रिया पनि राम्रै पाईरहेकाले चलचित्रले ब्यपार पनि राम्रै गरीरहेको डिसहोम ओ ई पि एल का अध्यक्ष दयाराम पाण्डेले बताए ।

चलचित्रमा शिभम् अधिकारीको लेखन तथा निर्देशन रहेको छ भने सञ्चारकर्मी मणिराज गौतम, गणेश गिरी, सुबास काफ्ले, समिर मिया र रामेश्वर कार्कीले संयुक्त रुपमा लगानी गरेका हुन ।

चलचित्रमा सरिता गिरी, गणेश गिरी र सन्जिवनी खरेलसँगै प्रकृती खरेल, ऋद्धिचरण श्रेष्ठ, विमल पौडेल, पुष्प आचार्य, सुशान्त श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतिक्षा खड्का, राखी क्षेत्रीलगायतको अभिनय रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार