काठमाडौं,
जेठ ६ ।
हालसम्म कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमणबाट ३८ जिल्लामा ४ सय २ सङ्क्रमित भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म पर्सा, रुपन्देही, उदयपुर, कपिलवस्तु, बाँके, काठमाडौं, धादिङ, कैलाली, बारा, धनुषा, रौतहट, बाग्लुङ, चितवन, झापा, महोत्तरी, भक्तपुर, बर्दिया, भोजपुर, कञ्चनपुर, नवलपरासी, सप्तरी, सर्लाही, नवलपुर, मकवानपुर, दाङ, काभ्रे, सिरहा, सिन्धुपाल्चोक, मोरङ, धनकुटा, गुल्मी, खोटाङ, दैलेख, सुनसरी, ललितपुर, लमजुङ, रामेछाप र सिन्धुलीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार मंगलबार २७ जना थपिएसँगै कूल सङ्क्रमितको सङ्ख्या ४ सय २ पुगेको छ । यस्तै सबै प्रदेशमा कोरोनाको सङ्क्रमण फैलिसकेको छ । कर्णाली प्रदेशमा सोमबार दैलेखमा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सबै प्रदेशगत रुपमा सबै प्रदेशमा कोरोनाको सङ्क्रमण पुष्टि भएको हो ।
अहिलेसम्म ३७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । यस्तै २ जनाको मृत्यु भएको छ ।






