काठमाडौं,
जेठ ५ ।
भारत सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन देशभर लागु गरेको लकडाउन मे ३१ सम्म बढाउने घोषणा गरेको छ । यो भारतमा लागु गरिएको चौथो चरणको लकडाउन हो । चौथो चरणको लकडाउनका लागि गृह मन्त्रालयले नयाँ दिशानिर्देश जारी गरेको छ ।
जसअन्तर्गत मे ३१ सम्म घरेलु र अन्तरराष्ट्रिय उडान सेवाहरुमा प्रतिबन्ध लगाइएको छ । भारतिय सञ्चार माध्यमका अनुसार चौथो चरणको लकडाउनको समयावधिमा मेट्रो रेल सेवा बन्द रहने छ भने राति ७ बजेबाट बिहान ७ बजेसम्म रात्रीकालीन कर्फ्यू जारी रहने छ ।






