मदन-आश्रित २७ औँ स्मृति दिवस

काठमाडौं,
जेठ ३ ।

आज मदन-आश्रित २७ औँ स्मृति दिवस । तत्कालीन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको दुर्घटनामा परी निधन भएको २६ पुगेको छ ।

यस अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले २७ औँ स्मृति दिवस मनाउन लागेको छ । कोरोना भाइरसका कारण पार्टीले औपचारिक कार्यक्रम यसपालि नगर्ने बताएको छ ।

नेपालको कम्युनिस्ट आन्दोलनलाई जनताको बहुदलीय जनवाद (जबज) मार्फत लोकतान्त्रिक मार्गमा लैजान भण्डारीले महत्वपूर्ण भूमिका खेलेका थिए । उनले नै जबजको सिद्धान्त प्रतिपादन गरेका हुन् ।

जननेता भण्डारी र आश्रितलाई नेकपाले आदर्श नेता मान्दछ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लगायतले विभिन्न कार्यक्रम गरी आज उनीहरुलाई स्मरण गर्दैछन् । भण्डारी र आश्रितको ०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको जीप दुर्घटनामा परी निधन भएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार