थप ३ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या २ सय ४९ पुग्यो

काठमाडौं,
जेठ १ ।

थप ३ जनामा कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमण भेटिएको छ । बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो । योसहित सङ्क्रमितको सङ्ख्या २ सय ४९ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौंका दहचोक निवासी ७ वर्षीय बालक, जनकपुरकी १७ वर्षीया युवती र धादिङकी ३० वर्षीया महिलामा सङ्क्रमण देखिएको हो ।

सङ्क्रमित सबैको सामान्य अवस्था र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।

यसअघि बिहीबार दिउँसो तीन जनामा कोरोना पुष्टि भएको थयो । काठमाडौँ ३२ वर्षीय पुरुष, कपिलवस्तु ६ वर्षीया बालिका राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र नवलपरासीपूर्वका ४९ वर्षीय पुरुषको भरतपुर कोरोना अस्पतालमा पीसीआर नमुना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार