काठमाडौं,
वैशाख ३१ ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बस्ने भएको छ । आज बुधबार पार्टी मुख्यालय धुम्रबाराहीमा बिहान ११ बजे देखि स्थायी कमिटी बैठक बस्ने भएको हो । आज बस्ने बैठक पार्टी एकतापछिको तेस्रो बैठक हो । यसअघि गत पुसको अन्तिम साता दोस्रो बैठक बसेको थियो ।






