काठमाडौं,
वैशाख ३० ।
नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट सङ्क्रमित हुनेको सङ्ख्या २ सय १७ पुगेको छ । मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप २६ जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २१७ पुगेको हो ।
मंगलबार अबेर संक्रमण पुष्टि भएकाहरुमध्ये पर्साका २२, २८, २८, ३२, ४५ र ६० वर्षीय महिला तथा १६, २२, २४,२५, २५, २८,२८, ३२, ५९, ५५,६१, र ६१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । महोत्तरीका १६ र ३५ वर्षीय पुरुष तथा धनुषाकी २० वर्षीया महिला र ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । यस्तै भक्तपुरका २५ वर्षीया महिला र २७ वर्षीय पुरुष तथा काठमाडौंका ३३ वर्षीया महिला र सर्लाहीका ४५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ ।







