केही स्थानमा असिना र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं,
वैशाख ३० ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबारको मौसम पूर्वानुमान जारी गर्दै हाल देशमा पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बङ्गालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव रहेको जनाएको छ ।

महाशाखाले अहिले देशभरीको मौसम भने पश्चिमी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान उल्लेख गरेको छ ।

मंगलबार दिउँसो देशको अधिकांश भू-भागमा सामान्य बदली रहनेछ । देशको पहाडी भू-भागका केही स्थानमा र तराईका थोरै स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख छ ।

त्यस्तै महाशाखाका अनुसार राति देशको पुर्वी र मध्य भू-भाग लगायत पश्चिमी पहाडी भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पूर्वी तथा मध्य भूभागका थोरै स्थान र पश्चिमी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार