कपिलवस्तु, रुपन्देही र बर्दियामा थप १३ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या १ सय ३४ पुग्यो

काठमाडौं,
वैशाख २९ ।

कपिलवस्तु, रुपन्देही र बर्दियामा थप १३ जनामा कोरोना (कोभिड-१९)को सङ्क्रमण देखिएको छ । योसँगै सोमबारमात्रै २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कपिलबस्तुको यशोधरा गाउँपालिका-८ र बुद्धभूमि नगरपालिका वडा नम्बर ७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

त्यसैगरी रुपन्देही समरीमाई गाउँपालिका ७ र लुम्बिनी सांस्कृतिक गाउँपालिका ६ निवासी २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषमा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी बर्दिया राजपुर-५ निवासी ११ वर्षीय बालिकामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयको भनाइ छ ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १ सय ३४ पुगेको छ । सङ्क्रमितमध्ये हालसम्म ३३ जना उपचारपछि डिस्जार्च भएका छन् ।

यसमा तपाइको मत

अन्य समाचार