काठमाडौं,
वैशाख २९ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरसको आशंकामा दुई हजार ७ सय ९९ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले सोमबार गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा कोरोना भाइरसको आशंकामा दुई हजार ७ सण् ९९ वटा नमुना परीक्षण गरिएको बताए ।
हालसम्म पीसीआर विधिबाट कोरोना १७ हजार ८ सय ९ जना र आरडीटीबाट ५८ हजार ५ सण् ४६ जनाको परीक्षण गरिएको उनले जानकारी गराए । सातै प्रदेशका क्वारेन्टाइनमा १२ हजार ७ सय १ जना रहेका मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको सङ्ख्या १ सय २१ रहेको छ जसमा ८९ पुरुष र ३२ महिला रहेका छन् । हाल विभिन्न अस्पतालमा ८८ जना उपचाररत रहेका छन् भने ३३ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।






